व्यवहारिक शिक्षामा सरोकारवालाको जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

व्यवहारिक शिक्षामा सरोकारवालाको जोड

prabidhik sikshya

काठमाडौं, ४ फागुन । नेपालको समृद्धिका लागि प्राविधिक तथा व्यवसायिक शिक्षामा लगानी बढाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । प्रविधिक र व्यवसायिक शिक्षालाई प्राथमिकता दिन सके नेपालमा बेरोजगारीको संख्यामा कमी आउनेमा सरोकारवालाले बताएका छन् ।

नेपालको शिक्षा प्रणाली प्राविधिक तथा व्यवहारिक हुन नसकेको गुनासो बेलाबेलामा आईरहने गर्दछ । शिक्षा व्यवहारिक हुन नसकेकाले नेपालका शैक्षिक संस्थाहरुलाई पढेलेखेका बेरोजगार सिर्जना गर्ने कारखाना बनेको भन्ने आरोप समेत लाग्ने गरेको छ । यसैक्रममा सरोकारवालाहरुले नेपालको समृद्धिका लागि व्यवहारिक शिक्षाको महत्वमा जोड दिएका छन् ।

शिक्षा मन्त्रालयका सचिव महेश दाहाल अहिलेकोव शिक्षा प्रणालीले बजारमा माग भए अनुशारको जनशक्ति तयार गर्न नसकेको बताउनु भयो । उहाँका अनुसार शिक्षालाई व्यवहारिक गुणस्तरीय बनाउन ३ नै तहका सरकारले भूमिका निर्वाह गर्न आवश्यक छ ।

यता नेपाल उद्योग परिषद्का उपाध्यक्ष विरेन्द्र राज पाण्डेले भने देशमा उत्पादन भएको केही दक्ष जनशक्ति पनि अन्य मुलूकमा जाने भएकाले देशका उद्योगहरुको लागि दक्ष जनशक्तिको अभाव भएको बताउनु भयो ।

नेपालको शिक्षा प्रणाली प्रयोगात्मकमा आधारित हुन नसकेको भन्ने बहस अहिले मात्र होइन लामो समयदेखि चल्दै आएको हो । तर अझै पनि शिक्षा प्रणालीमा पर्याप्त सुधार आउन सकेको छैन । यसको सुधारका लागि सरोकारवालाहरुले भने जस्तै ३ नै तहका सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);