शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह सुरु

sikshya saptaha

पुष्पा पोखरेल

काठमाडौं, ११ बैशाख । शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह बुधवार देखि सुरु भएको छ । “समावेशी, समतामुलक, गुणस्तरीय, निःशुल्क, सार्वजनिक शिक्षा सम्बन्धी अधिकारलाई व्यवहार त सुनिश्चित गरौ” भन्ने मुल विषय सहित साताव्यापी कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागीहरुले गुणस्तर, व्यवहारिक, समय अनुकुल शिक्षालाई जोड दिनुपर्ने धारणा राखेका छन् । त्यसैगरी नेपालको संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको निःशुल्क तथा अनिवार्य शिक्षा सम्वन्धी अधिकार कार्यान्वयन गर्न स्थानीय, प्रदेश र संघ सरकारले गम्भिर ध्यान दिनुपर्ने जस्ता माग समेत राखेका छन् ।

पछिल्लो समयमा सम्पन्न परिवारका छोरा छोरीका लागि नीजि विद्यालय र आर्थिक अवस्था कमजोर भएकाहरुका लागि सरकारी विद्यालय पढ्नु पर्ने बाध्यता छ । यो विभेदलाई अन्त्य गर्नूपर्ने अहिलेको सबैभन्दा ठुलो चुनौती रहेको राष्ट्रका लागि राष्ट्रिय अभियान, नेपालका अभियन्ता कुमार भट्टराईको भनाई छ ।

यो सम्मेलन बुधवार विश्वका सय भन्दा वढी देशमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । नेपालमा पनि यो दिवस मनाईरहँदा गुणस्तरीय शिक्षा र विकासका लागि सरकारले प्रर्याप्त लगानी गनुपर्ने आवश्यकता रहेको राष्ट्रका लागि राष्ट्रिय अभियान, नेपालका महासचिव डिल्लीराम सुवेदी बताउँछन् । सरकारले अघि सारेको सुखि नेपाली समृद्घ नेपालको नारा गुणस्तरिय शिक्षा बाट मात्र पुरा हुने भएकाले शिक्षामा सुधारका साथ–साथै लगानी पनि वढाउन आवश्यक रहेको महासचिव सुवेदीको भनाई छ ।

कार्यक्रममा पहिलो दिन उच्च स्तरिय राष्ट्रिय शिक्षा आयोगले केही समय अघि सरकारलाई बुझाएको प्रतिवदेन सार्वजनिक गर्न समेत माग गरिएको थियो । उनीहरुले शिक्षाको महत्वपूर्ण खुड्किलो भनिएको अब आउने संघिय शिक्षा ऐनलाई समय अनुकल ल्याउन जोड दिनुपर्ने धारणा समेत राखेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);