सुनकोशी आसपासका नागरिक बाँस बेचेर दैनिक गुजारा चलाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सुनकोशी आसपासका नागरिक बाँस बेचेर दैनिक गुजारा चलाउँदै

गोपाल पोखरेल
उदयपुर, ११ बैशाख । नेपालको दुरदराजमा रहेका मानिसहरुले आफ्नो जीवनलाई विभिन्न किसिमले चलाईरहेका छन् । कयैन नेपालीहरु पुरानो पेशाबाट आम्दानी गरिरहेका भेटिन्छन त कयैन नयाँ प्रवृधी र प्रयोग गदै आम्दानीको स्रोतलाई फराकिलो बनाईहेका छन् । तर, उदयपुर, खोटाङ्ग, भोजपुर र धनकुटा जिल्लाको सिमा क्षेत्र भएर बग्ने सुनकोसी नदी आसपासका गाउँमा बसोबास गर्ने सर्वसाधारणको आम्दानीको स्रोत र तरिका भने चाख लाग्दो छ ।

नेपालमा दुरदराजमा रहेका मानिसहरुले आफ्नो जीवनलाई विभिन्न किसिमले चलाईरहेका छन् । कयैन नेपालीहरु पुरानो पेशाबाट आम्दानी गरिरहेका भेटिन्छन त कैयन नयाँ प्रविधी र प्रयोग गर्दै आम्दानीको स्रोतलाई फराकिलो बनाईहेका छन् ।

त्यसमध्ये उदयपुर, खोटाङ्ग, भोजपुर र धनकुटाको सुनकोशी आशपासका नागरिकहरुले भने बाँस बेचेर दैनिक गुजारा चलाईरहेका छन् । हुनत देशका धेरै ठाउँमा बाँस बेचेर आम्दानी गर्ने सर्वसाधरणको संख्या ठुलो छ ।

तर, यी ठाउँका स्थानीयहरुले बेच्नका लागि बाँस ढुवानी गर्ने तरिका भने अन्य ठाउँको भन्दा अलि फरक छ । यहाँ बाँसलाई कुनै गाडीमा राखेर नभई नदीबाटै ढुवानी गर्ने गरिन्छ र बाँस पानीमा तैरिने भएकाले उनीहरुले बाँसका घनाहरुलाई चोयाले बाँधेर सुनकोसी नदिमा हाल्दै सुनसरीको चतरासम्म ढुवानी गरिरहेका हुन्छन् ।

उत्पादन भएका बाँस यसरी ठुलो जोखिम मोलेर सुनकोसी नदीबाट सुनसरीको चतरासम्म पु-याईन्छ । चतरा पुगेपछि व्यापारीद्धारा बाँस विराटनगर, काठमाडाैं लगायत भारतका विभिन्न स्थानहरुमा समेत बिक्रीका लागि लैजाने गरेका छन्।

एक पटकमा १ सय ८० घनासम्म ढुवानी गर्न सकिने बाँस चतरा पु¥याएपछि प्रतिघना १ सय १० देखि १ सय ५० रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ ।

यो बाँस ढुवानी गर्न दुरी हेरेर तीन देखि छ घण्टासम्म लाग्ने गरेको छ भने १ सय ५० घना बाँस ढुवानी गर्दा युवाहरुले एक पटकमा करिव पाँच हजार रुपैयाँ सम्म आम्दानी हुने गर्दछ । स्थानीय युवाहरुले रोजगारी पाएपनि ढुवानी गर्ने परम्परागत तरीका भने जोखिमपुर्ण छ ।

सडक सञ्जाल नभएका कारण जोखिम मोलेरै बाँस ढुवानी गर्न यस क्षेत्रका बासिन्दा बाध्य छन् । चोयाले बाँधेर नदीवाट बाँस ढुवानी गर्नु चुनौतिपूर्ण छँदैछ नदीकोबीच भागमा भेटिने ठुलठुला चट्टानमा बाँस ठोक्किएर ज्यानसम्म जाने जोखिम रहेको स्थानीयहरु बताउँछन् ।

घरको कमजोर आर्थिक अवस्था र परम्परागत कृषि पेसाबाट हुने सानो आम्दानीले परिवारको खर्च धान्न नसकेपछि पछिल्लो समय सुनकोसी आसपासका गाउँमा बाँसको व्यवसायिक खेती हुन थालेको छ । बाँसको उत्पादन प्रसस्त हुँदै गएपनि बिक्रीका लागि सडक अभाव भएपछि ज्यान जोखिममा राखेर सुनकोसीको बाटोबाटै बाँसको ब्यापार गर्नु परेको उनीहरुको गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);