डडेल्धुरामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३४ जना घाईते | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

डडेल्धुरामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३४ जना घाईते

dadeldhura bus accident

डडेल्धुरा, ११ बैशाख । डडेल्धुराको गन्यपाधुरा गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरको डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को साहुखर्कमा बुधवार बिहान दुर्घटना भएको हो । दुर्घटनामा ३४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बझाङको केदारस्यू–४ का २५ वर्षीय नरेन्द्र गुरधामी, सोही ठाउँकी ५५ वर्षीय कल्सीदेवि गुरधामी, हरुली बोहरा, तल्कोट–४ का ४४ वर्षीय धनबहादुर घर्ती र २५ वर्षीय भारतीय नागरिक मोहोमद नासिर रहेका छन् । बसमा क्षमताभन्दा बढी यात्रु रहेका कारण दुर्घटना भएको घाइतेले जनाएका छन् ।

क्षमताभन्दा बढी यात्रु बोकेका कारण चालकको लापर्बाहीले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । बस सडकबाट ६० मिटर तल खसेको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);