म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात

म्यानमारले चालु आर्थिक वर्ष २०२६–२७ को पहिलो पाँच महिनामा १ लाख ३० हजार ४११ टनभन्दा बढी मत्स्यजन्य उत्पादन निर्यात गरेको छ । मत्स्य विभागले शनिबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अप्रिल महिनादेखि शुरु भएको यस आर्थिक वर्षको पाँच महिनामा उक्त परिमाणको निर्यातबाट २२ करोड ५० लाख अमेरिकी डलरभन्दा बढी वैदेशिक मुद्रा आर्जन भएको छ । विभागकाअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्षको निर्यात परिमाणमा केही गिरावट आएको छ । गत वर्षको सोही अवधिमा म्यानमारले १ लाख ५३ हजार ९२६ टनभन्दा बढी मत्स्यजन्य सामग्री निर्यात गरेको थियो । म्यानमारले हाल चीन, थाइल्याण्ड, मध्यपूर्व र युरोपका विभिन्न राष्ट्रहरूसहित करिव ४० देशमा आफ्ना मत्स्यजन्य उत्पादनहरू निर्यात गर्दै आएको छ । विभागको तथ्याङ्कअनुसार गत पूर्ण आर्थिक वर्षमा म्यानमारले कूल ४ लाख ६३ हजार टनभन्दा बढी मत्स्यजन्य उत्पादन निर्यात गरेको थियो ।

Leave a Reply