जोखिम मोलेर बाँसको व्यापार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

जोखिम मोलेर बाँसको व्यापार

bash

गोपाल पोखरेल,
उदयपुर, १४ जेठ । सप्तकोसी नदी किनारामा बसोबास गर्ने स्थानीयले जोखिम मोलेर बाँसको व्यापार गर्ने गरेका छन् । ज्यान जोखिममा राखेर उनीहरुले बाँसको व्यापार गरेर घरखर्च जुटाउने गरेका छन् ।

उदयपुर, खोटाङ्ग, भोजपुर र सुनसरीको सिमा क्षेत्र भएर बग्ने सप्तकोसी नदी किनारामा बसोबास गर्ने स्थानीयले बाँसको व्यापार गर्ने गरेका छन् । कृषि पेसाबाट परिवारको खर्च धान्न नसकेपछि उनीहरु ज्यान जोखिममा राखेर बाँसको व्यापार गर्ने गरेका छन् । सप्तकोसीमा पाहाडी क्षेत्रबाट बाँस बगाएर सुनसरीको चताराघाटसम्म पुर्याएर बिक्री गर्ने गरेका छन् ।

सप्तकोसीको भेलमा डुबिने चिन्ता उत्तिकै छ । तर बिहान बेलुकाको छाक टार्न ज्यान जोखिममा राखेर काम गर्नुपरेको उनीहरुको गुनासो छ । कमजोर आर्थिक अबस्था, रोजगारको समस्याका कारण कोसीमा बाँस बगाएर काम गर्नेहरुको सङ्ख्या धेरै छ । जोखिमपूर्ण बाँसको ब्यापार गर्नु उनीहरुको रहर नभई बाध्यता बनेको छ ।

उनीहरुले पहाडि गाउँ बस्तिबाट प्रतिघना ५० रुपैयाँमा किनेर बाँसलाई कोसीमा बगाउदै चताराघाटसम्म पुर्याएर प्रतिघना २ सय ५० रुपैँयामा बिक्री गर्ने गरेका छन् ।उनीहरुले बाँसबाट एकसातामा १२ हजारसम्म कमाउने गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);