उदयपुरमा जलमार्ग हुँदै ल्याइएको ४ सय केजी गाँजा बरामद | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

उदयपुरमा जलमार्ग हुँदै ल्याइएको ४ सय केजी गाँजा बरामद

उदयपुर । सप्तकोशीमा बाँसको चेफा मार्फत् ल्याउँदै गरेको ४ सय किलोग्राम अबैध गाँजा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तकोशीमा बाँसको चेफा माथि राखेर ल्याउँदै गरेको प्रतिबन्ध लागुऔषध गाँजा बरामद गरेको सशस्त्रले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प रामपुरठोक्सिलाले सप्तकोशीस्थित बाँसको चेफामा बगि रहेको अबस्थामा ४ सय किलोग्राम गाँजा फेला पारेका हुन । उदयपुर, खोटाङ, भोजपुर र धनकुटा क्षेत्रबाट दैनिक जसो बाँस चेफा ढुवानी हुने सप्तकोशीमा अबैध गाँजा समेत ओसार पसार हुने गरेको छ । आईतवार बिहान २ बजेति सप्तकोशीमा बिस्तारै बग्दै आएको बाँसको चेफामा बेभारीसे अबस्थामा गाँजा फेला पारेको शसस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प रामपुरठोक्सिलाका शसस्त्र प्रहरी निरिक्षक सुमन बुढाथोकीले जानकारी दिए ।

गाँजा पहाडी जिल्ला भोजपुरबाट ल्याएको हुन सक्ने अनुमान गरिएको छ । गाँजा मात्र फेला परेको र मान्छेहरु पत्ता नलागेको हुँदा खोजी कार्य र निगरानी गर्ने काम भई रहेको शसस्त्र प्रहरी बल ५ नम्बर गणका गणपति कृष्णराज अधिकारीले जानकारी दिए । शसस्त्र प्रहरी निरिक्षक बुढाथोकीको टोली फेला पारेको गाँजा गणमा ल्याई जिल्ला प्रहरी कार्यालय उदयपुरलाई बुझाईने बताए । गाँजा ओसार पसारमा संलग्न ब्यक्तिहरुको पहिचान नभए पनि खोजी राखि रहेको गणपति अधिकारीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);