बन्चरो प्रहार गरी श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८०, आइतबार

बन्चरो प्रहार गरी श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ 

sab

नवलपरासी पूर्व । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुलिङटार गाउँपालिका–५ राईकोट बस्ने ६५ वर्षीया श्याम कुमारी भिरकट्टा रहेकी छन् । 

६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको आरोपमा ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

श्यामकुमारीले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा चमन सिंह गम्भीर घाइते भएका थिए । उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply