उदयपुरमा श्रीमानद्वारा श्रीमतीको हच्या, कैलालीमा श्रीमतीद्वारा श्रीमानको हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

उदयपुरमा श्रीमानद्वारा श्रीमतीको हच्या, कैलालीमा श्रीमतीद्वारा श्रीमानको हत्या

काठमाडौं । उदयपुरमा आफ्नै श्रीमती ३८ वर्षीया नानुमाया दाहालको हत्या गरेको आरोपमा प्रहरीले एकजना पुरुषलाई पत्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–५ सिसाघारी बस्ने ४२ वर्षीय पोष्टराज दाहाल छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पोष्टराजले बसिरहेको अवस्थामा चिर्पटले प्रहार गर्दा नानुमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस्तै, कैलालीमा आफ्नै ४४ वर्षीय श्रीमान् नारायण बुढामगरको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने महिलामा मोहन्याल गाउँपालिका–१ राक्सा बस्ने ३३ वर्षीया थुमा थापामगर रहेकी छन् । उनलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको हो । घरायसी बिबादको क्रममा हसियाले प्रहार गरी नारायणको हत्या पश्चात आफै ईलाका प्रहरी कार्यालय पण्डौनमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);