श्रीमतीको हत्या गरेको अभियोगमा २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

श्रीमतीको हत्या गरेको अभियोगमा २ जना पक्राउ

murder
रोल्पा,१३ फागुन । आफनै श्रीमती २८ वर्षीया मन कुमारी बुढाको हत्या गरेको अभियोगमा  उनकै श्रीमान पक्राउ परेका छन् । माडी गाउँपालिका–१ जयलखसे बस्ने ३२ वर्षीय भिम बहादुर बुढालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका भिम बहादुरले मन कुमारीलाई धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी, ओखलढुंगामा आफनै श्रीमती ४० वर्षीया ङिम्किमो शेर्पाको हत्या गरेको अभियोगमा सिद्धिचरण नगरपालिका–५ बिप्ल्याटे बस्ने ४० वर्षीय काजी शेर्पालाई गएराति प्रहरीले पक्राउ गरेको छ । काजीले कुटपिट गर्दा गम्भीर घाइते भएकी ङिम्किमोको सामुदायिक मिसन अस्पताल ओखल्ढुंगामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);