श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

काठमाडौं । श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।

आफ्नै श्रीमती २८ वर्षीया बबिता राईको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ चौमती डेरा गरी बस्ने नुवाकोट तादी गाउँपालिका-२ सातबिसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

रामेश्वरले मंगलबार राति आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);