श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

murder

कास्की,१३ पुस । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । आफ्नै श्रीमती २८ वर्षीया रेखा घर्तीको हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका–२९ नौबीसे बस्ने म्याग्दी धौलागिरी गाउँपालिका–७ ताकम घर भएका ३६ वर्षीय रत्न बहादुर घर्तीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रत्नले पोखरा महानगरपालिका–२९ नौबीसे चोकस्थित तोरी बारीमा रेखाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कर्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);