श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान प्रकाउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान प्रकाउ

पोखरा, २५ माघ । आफ्नै श्रीमती ४२ वर्षीया हरिमाया पुनको धारिलो हतियार बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका-३३ उपल्लो पुँडी बस्ने पर्वत जलजला गाउँपालिका-७ धाईरिङ घर भएका ५० वर्षीय गम बहादुर पुनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

हरिमाया पुन शुक्रबार आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न गम बहादुरलाई पोखरा महानगरपालिका-३३ लामगादीबाट फेला पारी प्रहरीले पक्राउ गरेको थियो ।

खाना नबनाएको बिषयमा एकआपसमा झगडा हुँदा गम बहादुरले श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पुन माथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);