मृतकका आफन्तद्वारा दोषीलाई कारवाहीको माग गर्दै ढिकुरेमा प्रर्दशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मृतकका आफन्तद्वारा दोषीलाई कारवाहीको माग गर्दै ढिकुरेमा प्रर्दशन

नुवाकोट, २५ माघ । शनिबार राती गाडीको ठक्करबाट नुवाकोटको लिखु गाउपालिका वडा नम्बर ३ पट्टाबारीमा एक युवकको ज्यान गएको छ ।

जिल्लाको सुर्यगढी गाउपालिका वडा नम्बर ५ को घर भै लिखु ३ पट्टावारी बसोवास गर्दै आएका कमानसिंङ तामाङको मृत्यु भएको हो । टोखा–छहरे–ढिकुरे सडक हुँदै काठमाडाँैबाट आउँदै गरेको बोलेरो गाडीले बा६३प ४६९५ नम्बरको बाईकमा सवार तामाङलाई ठक्कर दिएको हो ।

घटनापछि आइतबार बिहानै देखि मृतकका आफन्त र स्थानीयले दोषीलाई कारबाही र पीडित पक्षलाई क्षतिपूर्तिको माग गर्दै ढिकुरेमा सवारी बन्द गराएका छन् । लिखु ४ ढिकुरे बजारमा टायर बालेर सडक अबरुद्ध गरिएको कारण नुवाकोटबाट टोखा–छहरे–ढिकुरे भएर सञ्चालन हुने सवारी साधन सञ्चालन हुन सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);