९ केजी लागुऔषध चरेससहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

९ केजी लागुऔषध चरेससहित एक जना पक्राउ

वीरगञ्ज, २५ माघ । बिशेष सूचनाको आधारमा शनिबार जिल्ला प्रहरी कार्यालय पर्साले ९ केजी २० ग्राम लागु औषध चरेससहित एक जना मानिस पक्राउ गरीएको जानकारी प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले दिनुभएको छ ।

जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ७ बिश्रामपुर बस्ने बर्ष ६० को मुसलीम देवानले लागु औषध चरेश बिक्री वितरण गर्ने उद्देश्यले घरमा लुकाई छिपाई राखेको छ अवस्थामा फेला पारीएको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले मुसलीम देवानको घरको खानतलासी गर्दा घरको कोठा भित्र रहेको खाट मुनी लुकाई छिपाई राखिएको ५०० ग्रामको १२ पोका र २५० ग्रामको १२ पोका गरी जम्मा लागु औषध चरेश ९ के।जी।२० ग्राम चरेश र चरेश बनाउने लासा ९२० ग्राम साथै चरेश पेल्ने मेसिन ३ थान फेला परेको थियो।

मुसलीम देवानलाई बरामद भएको लागु औषध चरेश सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइ आवश्यक अनुसन्धान कार्य भईरहेको पनि प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिएका छन।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);