लागुऔषध चरेश सहित एक महिला पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

लागुऔषध चरेश सहित एक महिला पक्राउ

कपिलबस्तु, ४ चैत । जिल्लाको कृष्णनगरबाट लागुऔषध चरेश सहित एक महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यलय र सशस्त्र प्रहरी बल बिओपी कृष्णनगरको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा ४ किलो लागु औषध चरेश सहित कृष्णनगर बसपर्कबाट पक्राउ गरेको हो ।

कृष्णनगर बसपार्क देखी भारत तर्फ पैदल हिडी जादै गरेकी जिल्ला रोल्पा परिवर्तित गाउपालिका वडा नं. २ राङ्सी बस्ने बर्ष ३४ की पुर्णिमा घर्तिमगरलाई शंका लागि चेक जाँच गर्ने क्रममा पक्राउ गरिएका कलिबस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।

ति महिलाले लगाएको सुरवाल भित्र एङलेड (निक्याप)मा राखी सोही एङलेड (निक्याप)मा लुकाई छिपाई प्लाष्टिकले बेरी राखेको अबस्थामा ८ प्याकेट बरामद गरिएको हो ।

पक्राउ परेकी महिलालाई नियन्त्रणमा लिई लागुऔषध मुद्दामा म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको प्रहरी उपरिक्षक अधिकारीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);