लागुऔषध चरेशसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

लागुऔषध चरेशसहित एक जना पक्राउ

अनिल पाण्डेय

वीरगन्ज, २२ माघ । विशेष सुचनाको आधारमा यस कार्यालय मातहत प्रहरी चौकी मिलनचोक पर्साबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नम्बर २९ मुसौली स्थित सडक खण्डमा लागु औषध सहित एक जना मानिस पक्राउ परेको छ ।

दुई जना पुरुष व्यक्तिहरु मोटरसाईकल चलाई आईरहेको अवस्थामा निजहरुलाई रोक्न खोज्दा प्रहरी टोलीलाई देख्ने वित्तिकै मोटरसाईकल घुमाई भाग्न खोज्दा सोही मो।सा। पछाडी बसेको एक जना पुरुष व्यक्तिलाई पछाडीबाट समाती ओराली नियन्त्रणमा लिएको थियो। र मो।सा। चालक मो।सा। सहित भागी फरार हुन सफल भएको थियो।

मो।सा। पछाडी बसेको व्यक्तिलाई नियन्त्रणमा लिई अनुसँधान गर्दा जिल्ला पर्सा पटेर्वासुगौली गा।पा। वडा नं। ३ बस्ने बर्ष २८ को जादु साह सोनार भएको जानकारी प्राप्त भएको कुरा जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ।

सोनारको खानतलासी गर्दा निजको साथबाट लागु औषध चरेश ५६० ग्राम फेला परेको हुँदा नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको र फरार रहेको मोटरसाइकल चालक र मोटरसाइकलको खोजि कार्य भईरहेको पर्सा जिल्ला प्रहरी प्रमुख बेल बहादुर पाण्डेले जानकारी दिनु भएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);