८ जना भारतीय डाँका जनकपुरधामबाट पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

८ जना भारतीय डाँका जनकपुरधामबाट पक्राउ

भारतीय डाँका जनकपुरधामबाट पक्राउ

धनुषा, ९ जेठ । जिल्ला प्रहरी कार्यालय धनुषाले नेपालमा डाँका गर्ने उद्देश्यले आएका आठ जना भरतीयलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलनको आयोगना गरी जनकपुरधान उपमहानगरपालिका वडा नं ८ मा पक्राउ गरेको जानकारी गराएको छ ।

बुधबार राती धनुषा जिल्लाको जनकपुधाम उपमहानगरपालिका वडा नं. ८ स्थित विहार कुण्डस्थित जानकी विहारको महन्त नारायण शरणको बासस्थनमा नगद र मन्दिरमा रहेको सुन चाँदी लगायतका गरगहनाहरु डाँका गरी लैजाने उद्देश्यले आएको प्रहरीले जनाएको छ ।

प्रहरीले घेरा हाली नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि दुबैबीच फायरिङ भएको थियो । फायरिङमा घाइते भएका एक जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

प्रहरीले पक्राउ परेकाहरुबाट दुई राउण्ड गोली लोड गरिएको पेस्तोल १, दुई राउण्ड एसएलआरको गोली, कटुवा पेस्तोल १ नाल, खुकुरी १ थान, भारतीय नं. प्लेटको स्कुटर १ थान, र मोटरसाईकल २ थान बरामद गरेको छ । यता महन्तले जग्गा बेचेर पैसा घरमा राखेको सुचना पाएकोले यस विषयमा समेत अनुसन्धान भईरहेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);