पसल चोरीको आरोपमा पक्राउ परेका ४ जना सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पसल चोरीको आरोपमा पक्राउ परेका ४ जना सार्वजनिक

dhanusha chor

जनकपुर, ९ असोज । पसल चोरीको आरोपमा पक्राउ परेका ४ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका अगाडी जनकपुर फर्निसिङ पसलमा सटर फोरेर चोरी गरिरहेका ४ जनालाइ प्रहरीले पक्राउ गरेको हो । पसलको सेफ फुटाई चोरी गरिरहेको बेलामा प्रहरी पुगेपछि पेस्तोल देखाई भाग्न खोज्दा ३ राउण्ड गोली चलाएर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीको गोली लागेर रौतहट गौर नगरपालिका ४ का ४५ वर्षीय विनोद प्रसाद सिँह घाइते भएका छन् । सिँहको दुबै खुट्टामा गोली लागेकाले जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको एसपी खनालले जानकारी दिनुभयो । पक्राउ परेका मध्ये भारत विहार सितामढी जिल्ला पिप्राढी ईसलामपुर बस्ने ४० बर्षीय मोहम्मद ईलयास, विहार सितामढी जिल्ला बैरगिनियाँ बस्ने ३९ बर्षीय ओजिर अंसारी तथा रौतहट बृन्दावन नगरपालिका १ बस्ने ३५ बर्षीय गगन पटेल रहेका छन् ।

पक्राउ परेकाहरुकाबाट प्रहरीले दुई राउण्ड गोली सहित कटुवा पेस्तोल एक थान, ताल्चा काट्ने कटर एक थान, ठुलो पेचकस एक थान, ताल्चा दुई थान, मोबाइल एक थान तथा ७ सय रुपँैया बरामद गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);