रोहितको हत्या गरेको आरोपमा थप दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८०, बिहीबार

रोहितको हत्या गरेको आरोपमा थप दुई जना पक्राउ

सुनसरी,२१ साउन । रोहित चौधरीको गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न थप दुई जना पक्राउ परेका छन् । ईटहरी उपमहानगरपालिका–२० सेउती पुलमा मोरङ बिराटनगर महानगरपालिका–५ कोचाखाल बस्ने २८ बर्षीय रोहित चौधरीको साउन ५ गते गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त घटनामा संलग्न धरान उपमहानगरपालिका–४ बस्ने २७ वर्षीय ज्याङलो भन्ने युनेश राईलाई शनिबार उनकै घरबाट ८ राउण्ड गोलीसहित र ईटहरी उपमहानगरपालिका–४ डेरा गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका–८ घर भएका २९ वर्षीय सुजन तामाङलाई मोरङ बिराटनगर महानगरपालिका–११ स्थित महेन्द्रचोकबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूमाथि ईलाका प्रहरी कार्यालय ईटहरीबाट थप अनुसन्धान भइरहेको छ । यसअघि सोही घटनामा संलग्न २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो ।

Leave a Reply