कुवेरको हत्यामा संलग्न रहेको आरोपमा भान्जा र भतिज पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

कुवेरको हत्यामा संलग्न रहेको आरोपमा भान्जा र भतिज पक्राउ 

hatya
कञ्चनपुर,२१ साउन । हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका–२ बाणी नवदुर्गा टोल बस्ने ३५ वर्षीय कुवेर दमाई (हले)को हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मृतकको भतिज नाता पर्ने कृष्णपुर नगरपालिका–२ बस्ने २२ वर्षीय अजय दमाई र भान्जा नाता पर्ने २८ वर्षीय हरिश दमाई रहेका छन् ।
सोमबारदेखि घरबाट हराई बेपत्ता भएका कुवेर दमाईको कृष्णपुर नगरपालिका–२ बाणी बन्द नदीको बगरमा बिहीबार गाडिएको अवस्थामा शव फेला परेको थियो । सोमबार राति बन्द नदीको बगरमा उनीहरूबीच घरायसी कुरा गर्दै सम्झाई बुझाई गर्ने क्रममा विवाद भएको र विवादको क्रममा कुवेरलाई दुवै जनाले कुटपिट गर्नुका साथै ढुंगा समेत प्रहार गरी हत्या गरी सोही स्थानमा खाडल खनि पुरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);