नवजात शिशुको हत्यामा संलग्न ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नवजात शिशुको हत्यामा संलग्न ४ जना पक्राउ

मोरङ । नवजात शिशुको हत्यामा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रंगेली नगरपालिका-५ आँपगाछी टोल बस्ने २५ वर्षीया खुस्वु मण्डल, उनकै बुबा ५० वर्षीय नागेश्वर मण्डल, उनकै आमा ४८ वर्षीय उर्मिला मण्डल र उनकै श्रीमान २८ वर्षीय अरुण मण्डल रहेका छन् ।

आइतबार राति खुस्वुले छोरीलाई जन्म दिई ब्ल्याँग्केटले घाँटी थिची हत्या गरी उनकै आमा बुवाले संचालन गर्दै आएको रंगेली नगरपालिका-५ चाँदनी चोकस्थित मदिरा पसलभित्र खाल्डो खनी गाडेको अनुसन्धानको क्रममा खुल्न आएपछि ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर कर्तब्य ज्यान कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);