महोत्तरीमा झन्डा मेला हेर्न गएकी महिलाकाे बलात्कारपछि हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

महोत्तरीमा झन्डा मेला हेर्न गएकी महिलाकाे बलात्कारपछि हत्या

महोत्तरी । महोत्तरीमा झन्डा मेला हेर्न गएकी एक महिलाकाे बलात्कारपछि हत्या भएकाे तथ्य खुलेकाे छ । गत १३ असोजमा झन्डा मेला हेर्न गएकी भंगहा-२ बखरी टोलकी  ३५ वर्षीया अमृता सदाकाे बलात्कारपछि हत्या भएकाे खुलेकाे हाे ।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सदाको हत्यामा संलग्न रहेकाे आराेपमा समातिएका दुईजनालाई सार्वजनिक गरेको हाे । बलात्कारपछि हत्या घटनामा महोत्तरीको भंगहा नगरपालिका-५ सीतापुर बस्ने २४ वर्षीय विपीन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पर्सा पकडिया बस्ने ४२ वर्षीय मनोज यादव संलग्नता रहेकाे जिल्ला प्रहरी प्रमुख दिनेश आचार्यले जानकारी दिए ।

उनीहरूले अमृतलाई मेला हेर्न जाउँ भनी झुक्याएर साँझ ९ बजे गाउँ नजिकैको चौरीमा पुर्‍याएर पालैपालो बलात्कार गरेको र बेहोस भएपछि हत्या गरेको अभियुक्तहरूले स्वीकार गरेको आचार्यले बताए ।

प्रहरीका अनुसार १ मंसिरमा विपीनलाई उनकै गाउँबाट र मनोजलाई सिरहाको मिर्चैया नगरपालिका-५ पक्राउ गरिएको हो  । उनीहरूमाथि जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);