पोखरामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या, हत्यारा पक्राउ (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

पोखरामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या, हत्यारा पक्राउ (भिडियो सहित)

shreya-b-k-death

पोखरा, १० असोज । पोखरा महानगरपालिका पुम्दीभुम्दी कोदीकी १० वर्षीया श्रेया बिक (सुनार)को बलात्कार पछि हत्या भएको छ । बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले स्थानीय एक युवालाई पक्राउ गरेको छ ।

घटनापछि तत्काल अनुसन्धानमा खटिएको टोलीले २४ घण्टा नपुग्दै आरोपीलाई पक्राउ गरेको हो । श्रेयालाई आफ्नै छिमेकीले बलात्कारपछि हत्या गरेको बताइएको छ । घटनापछि शंकास्पद आधा दर्जनभन्दा बढीलाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेहरु सबै पुम्दीभुम्दीकै हुन् ।

तीन जनामा बढी शंकास्पद देखिएकोमा एक जनाले भने अपराध स्वीकार गरिसकेका छन् । वडा प्रहरी कार्यालय बैदाम प्रहरी प्रमुख डिएसपी नविन कार्कीले अपराधमा संलग्न पक्राउ परिसकेको बताए ।

सोमबार साँझदेखि हराएकी श्रीया विद्यालयबाट फर्कने बित्तिकै बिस्कुट किन्न पसल गएकी थिइन् तर उनी एकाएक हराएकी थिइन् । मंगलबार बिहानै उनको शव अर्धनग्न अवस्थामा झाडीमा भेटिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);