भागरथीकै विद्यालयका छात्रद्रारा बलात्कार र हत्या गरेको स्वीकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

भागरथीकै विद्यालयका छात्रद्रारा बलात्कार र हत्या गरेको स्वीकार

बैतडी, ५ फागुन । भागरथीकै विद्यालयका छात्रद्रारा बलात्कार र हत्या गरेको स्वीकार गरेका छन् । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्या प्रकरणमा उनकै विद्यालयका छात्रको संलग्नता रहेको प्रहरीले जानकारी दिएको छ।

भागरथीसँगै स्थानीय सनातम धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिएका हुन् ।

पक्राउ परेका व्यक्तिलाई बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ। उनले प्रहरी समक्ष भीरबाट लडाएर घाइते बनाएपछि बलात्कार गरेर ज्यान लिएको वयान दिएको सिंहले बताए।

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव माघ २२ गते जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो। उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन्। त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);