बैतडी घटनामा कांग्रेसको चेतावनी: ‘सत्ता उन्माद बन्द गर’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

बैतडी घटनामा कांग्रेसको चेतावनी: ‘सत्ता उन्माद बन्द गर’

nepali congress

काठमाडौ, ५ फागुन । बैतडी जिल्लाको डिलासैनीमा नेपाली कांग्रेसको कार्यक्रम भइरहेकोे समयमा मंगलबार अपरान्ह प्रधानमन्त्री के.पी. शर्मा ओली निकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण गरिएको भन्दै नेपाली कांग्रेसले त्यसको निन्दा गरेको छ ।

सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति प्रकाशित गरी सत्ता उन्माद प्रस्तुत नगर्न चेतावनी दिएका छन् ।नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एन.पी. साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा लगायत स्थानीय नेतृत्व एवं नेविसंघका पूर्व सभापति नैनसिंह महर सहभागी कार्यक्रममा भएको ढुंगामुढाबाट साथीहरू घाइते भएको पनि शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले केही सवारी साधनमा तोडफोड समेत गरिएको जनाएका छन् । ‘सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र ब्यवहारले भुमिका खेलेको हाम्रो ठहर छ । यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिंदै नेपाली कांग्रेस डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गर्दछ । शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);