नेपाली कांग्रेसको पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठककाे एजेण्डा तय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाली कांग्रेसको पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठककाे एजेण्डा तय

काठमाडाैं, २९ चैत । नेपाली कांग्रेसको पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठककाे एजेण्डा तय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी सहितको बैठकले भोलिको केन्द्रीय समितिका लागि एजेण्डा तय गरेको हो ।

बैठकमा कांग्रेसको क्रियाशिल सदस्यता सम्बन्धी विषयमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक क्रियाशिल सदस्यता टुंग्याउने विषयमा विवरण आउन बाँकी रहेका जिल्लामा अझै कति समय पर्खन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत भएको उहाँको भनाइ छ ।

त्यस्तै सहमहामन्त्री प्रकाशसरण महतले नेपाली कांग्रेसले नयाँ पुराना गरी करिब १० लाख क्रियाशिल सदस्यता वितरण गर्न लागेकाले अहिलेसम्म करिब छ लाख मात्र विवरण आएकाले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न पधाधिकारी बैठक राखिएको बताउनुभयो ।

त्यस्तैगरी क्रियाशिल सदस्यता छानबिन समितिका सदस्य प्रदीप पौडेलले क्रियाशिल सदस्य टुंगो नलागेको स्थानमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पदाधिकारी बैठकमा छलफल भएको जानकारी दिनुभयो ।

कांग्रेसको १४ औँ महाधिवेशन भदौमा हुँदैछ त्यसका लागि आन्तरिक तयारी थालिएको छ । फलस्वरुप आइतबार बसेको पदाधिकारी बैठक पूर्ण रुपमा क्रियाशिल सदस्यता टुंगाउने विषयमा मात्र केन्द्रीत भएर छलफल गरिएको छ । नयाँ सत्ता समीकरणका सम्भावित परिदृष्यका बारेमा सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गरिने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);