निर्माण व्यवसायीहरुले गुणस्तरीय काम गरे नगरेको सम्बन्धमा आफैले समिक्षा गर्नुपर्छ : मन्त्री नेम्वाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

निर्माण व्यवसायीहरुले गुणस्तरीय काम गरे नगरेको सम्बन्धमा आफैले समिक्षा गर्नुपर्छ : मन्त्री नेम्वाङ

काठमाडौं, २९ चैत । भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले निर्माण व्यवसायीहरुले गुणस्तरीय काम गरे नगरेको सम्बन्धमा निर्माण व्यवसायी आफैले समिक्षा गर्नुपर्ने बताएका छन् ।

आइतबार नेपाल निर्माण व्यवसायी महासंघको २२ औँ साधारण सभा समुदघाटन समारोहमा बोल्दै मन्त्री नेम्वाङले निर्माण व्यवसायीले आफ्नो दायित्व र कर्तव्यहरु निर्वाह गरे नगरेको सम्बन्धमा समिक्षा आवश्यक रहेको बताएका हुन् ।

गुणस्तरीय काम र काममा आउने गरेको समस्या समाधानमा व्यवसायीहरुले कत्तिको समन्वयात्मक ढंगले समाधान गर्ने परिपाटि रहेको छ त्यसको सम्बन्धमा व्यवसायीहरु आफैले आफैलाई प्रश्न गर्नुपर्ने उनको भनाई छ ।

मन्त्री नेम्वाङले संसद पुर्नस्थापना भएपनि राजनीतिक समस्या समाधान नभएको टिप्पणी समेत गरे । राजनीति अस्थिर भएको भन्दै उहाँले अस्थिरताले समृद्धि र विकास निर्माणलाई अवरोध गर्ने र मुलुक पछाडी फर्किने उनले बताए । सरकारले आस्थिरतालाई अन्त्य गरेर स्थिर संसद चाहेको तथा व्यवसायीको निर्माण क्षमता अभिवृद्धिलाई अगाडी बढाउने वातावरण चाहेको उनको भनाई छ ।

मन्त्री नेम्वाङले देशको समृद्धिका लागि सरकारले मात्रै भौतिक पुर्वाधार निर्माणको काम अघि बढाएर सम्भव नहुने भन्दै त्यसको कार्यान्वयनको निम्ति निर्माण व्यवसायीहरुको भुमिका महत्वपुर्ण हुनेभएकाले भुमिका खेल्न आग्रह पनि गरे ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);