निर्माण व्यवसायीका समस्या समाधान गर्ने मन्त्री नेम्बाङको आश्वासन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

निर्माण व्यवसायीका समस्या समाधान गर्ने मन्त्री नेम्बाङको आश्वासन

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ

काठमाडौं, ६ मंसिर । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले निर्माण व्यवसायीका समस्या समाधान गर्ने आश्वासन दिनुभएको छ ।

शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुसँगको सामूहिक भेटमा बोल्दै मन्त्री नेम्बाङले सार्वजनिक खरिद नियमावलीको आठौं संशोधनमाथि अध्ययन गरी व्यवसायीहरुको समस्या समाधान गर्ने बताउनु भएको हो ।

कुनैपनि नीति निर्माण गर्दा वैज्ञानिक ढंगले गरिने भएकाले व्यवसायीहरुको मागप्रति आफ्नो ध्यानाकर्षण भएको समेत उहाँले बताउनुभयो ।

निर्माण व्यवसायीहरुले नवनियुक्त मन्त्री नेम्बाङलाई ज्ञापनपत्र बुझाउँदै सार्वजनिक खरिद नियमालीको आठौं संशोधनपछि आफुहरु कुनैपनि विकास निर्माणका काम गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । उनीहरुले बैंक क्रेडिट राख्नु पर्ने व्यवस्थामाथि पुर्नविचार गर्नसमेत आग्रह गरेका छन् ।

निर्माण व्यवसायीहरुले एकसाता देखि सार्वजनिक खरिद नियमावली २०७६ को आठौं संशोधनले व्यवसायीहरु मारमा परेको भन्दै विभिन्न मागसहित आन्दोलन गरिरहेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);