निर्माण व्यवसायीद्वारा सार्वजनिक खरीद अनुगमन कार्यालय घेराउ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

निर्माण व्यवसायीद्वारा सार्वजनिक खरीद अनुगमन कार्यालय घेराउ

kharid anugaman karyalay

काठमाडौं, ६ मंसिर । सार्वजनिक खरिद ऐन निर्माणमैंत्री बनाउन सरकारलाई दबाब दिँदै आएका निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना दिएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा राजधानीको ताहाचालस्थित सार्वजनिक खरिद अनुगमनको कार्यालयमा निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद ऐन निर्माणमैंत्री बनाउन दबाब दिँदै शुक्रबार धर्ना दिएका हुन् । सार्वजनिक खरिद नियमावली–२०७६ मा गरिएको निर्माण कम्पनीहरुको म्याद थप र बैंक क्रेडिट लाईन सम्बन्धि व्यवस्था तत्काल संशोधन गर्न माग गर्दै उनीहरुले आन्दोलन गर्दै आएका छन् । आफूहरुको समस्या समाधानका लागि सहजीकरण गर्न अनुगमन कार्यालयमा ज्ञापन पत्र बुझाइएको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिनु भयो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयमका सचिव मोहनकृष्ण सापकोटाले ऐन संशोधन गरेर निर्माण व्यवसायीहरुको माग सम्बोधन गर्न सहजीकरणको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

सचिव सापकोटाले निर्माण व्यवसायीहरुले राखेका माग सम्बोधन गर्न मुख्य सचिव नेतृत्वको उच्च स्तरीय समितिसँग पनि छलफल भईरहेको बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);