नवनियुक्त मन्त्री गुरुङद्वारा अनाथ बालबालिकासँग भेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नवनियुक्त मन्त्री गुरुङद्वारा अनाथ बालबालिकासँग भेट

काठमाडौं, ६ मंसिर । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अनाथ बालबालिकासँग भेट गर्नु भएको छ ।

मन्त्री गुरुङले पदभार ग्रहण गरेको भोलिपल्ट शुक्रबार दिउँसो आफूलाई बधाई दिन आएका करिव ४८ जना अनाथ बालबालिकासँग सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भेट गर्नु भएको हो ।

भेटका अवसरमा मन्त्री गुरुङले अनाथ बालबालिकाहरुको संरक्षणको जिम्मेवारी राज्यले लिने बताउनु भयो । त्यसका लागि उहाँले बालबालिकासम्बन्धि ऐन, नियमको आवश्यक संशोधन तत्काल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । मन्त्री गुरुङले बाल गृहको नाममा ठगी खानेहरुलाई भने सरकारले कार्वाही गर्ने पनि बताउनु भयो ।

मन्त्री गुरुङले काठमाडांैको गोकर्णस्थित संयुक्त अपांग एकता आवाज केन्द्रको संरक्षणमा रहेका ती अनाथ बालबालिकाहरुलाई यस अघि पनि सांसदहरुको रुपमा खाद्यन्न तथा लत्ताकपडालगायतका बस्तुहरुको सहयोग गर्दै आउनु भएको थियो ।

उहाँले अनाथ टुहुरा बालबालिकाहरुको हितमा आफू केन्द्रित हुने पनि बताउनु भयो । संस्थाका अध्यक्ष तीलबहादुर कार्कीले मन्त्री गुरुङले सांसदको रुपमा आफ्नो संरक्षणमा रहेका अनाथ बालबालिकाहरुप्रति विगतमा गर्दै आउनु भएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिन पनि थप सहयोगको अपेक्षा गरिएको बताउनु भयो ।

त्यस अवसरमा मन्त्री गुरुङले अनाथ बालबालिकाहरुले आफूलाई बधाई दिएर बालबालिकाको हितमा काम गर्न झनै प्रोत्साहित गरेको भन्दै खुसी व्यक्त गर्नु भएको थियो । उहाँले बिहीबार पदभार ग्रहण गर्दै बाल विवाह अन्त्यका लागि २ महिना भित्र राष्ट्रिय कार्य योजना तय गरिसक्ने प्रस्ताव स्विकृत गर्नु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);