राष्ट्रिय बाल अधिकार परिषद् पुनर्संरचना हुन्छ : मन्त्री गुरुङ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रिय बाल अधिकार परिषद् पुनर्संरचना हुन्छ : मन्त्री गुरुङ

काठमाडौं, १० मंसिर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले राष्ट्रिय बाल अधिकार परिषद् पुनर्संरचना गर्ने बताउनु भएको छ ।

मन्त्री गुरुङले सडक बालबालिका नदेखिने र नभेटिने गरी काम गर्न पनि सो परिषदको पुनर्संरचना गर्न आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

मंगलबार परिषदको अध्यक्षको पदभार ग्रहण गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले सडक बालबालिका नदेखिने, नभेटिने व्यवस्था गर्ने संकल्प लिएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा ल्याउने गरी काम गर्न परिषदका कर्मचारीहरुलाई सचेत पनि गराउनु भयो ।

मन्त्री गुरुङले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई गर्व गर्न लायक मन्त्रालय बनाउने पनि दोहो-याउनु भयो ।मन्त्री गुरुङले महिला मन्त्रालयमा महिलानै मन्त्री हुनुपर्ने मान्यता सही नभएको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);