महिनावारीलाई पाप वा धर्मको रुपमा लिन हुँदैन : मन्त्री मगर | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

महिनावारीलाई पाप वा धर्मको रुपमा लिन हुँदैन : मन्त्री मगर

bina magar

काठमाडौं, १० मंसिर । खानेपानीमन्त्री बिना मगरले महिनावारीलाई पाप वा धर्मको रुपमा लिन नहुने बताउनु भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री मगरले उक्त कुरा बताउनु भएको हो ।

मन्त्री मगरले महिनावारीलाई धर्मसँग जोडने दृष्टिकोणलाई परिवर्तन गर्न अभियाननै संचालन गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । महिलासँग सम्बन्धित सबै सामाजिक संघ, संस्था र स्थानीय तहले महिनावारीलाई सम्मानसँग जोडेर हेर्नुपर्ने उहाँको भनाई छ ।

मन्त्री मगरले सार्वजनिक विद्यालयहरुमा सेनेटेरी प्याड वितरण गर्ने सरकारको कार्यक्रमबाट महिनावारीलाई हेयको दृष्टिकोणले हेर्न नहुने सन्देश दिएको उल्लेख गर्नु भयो ।

मन्त्री मगरले महिनावारी बार्ने चलन सामाजिक कूरीतिको रुपमा रहेको उल्लेख गर्दै त्यसमा परिवर्तन ल्याउन जनचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);