काठमाडौं, १७ साउन । खानेपानी मन्त्री विना मगरले नेपालको पानीलाई व्यवसायिकरण गर्नु पर्नेमा जोड दिनु भएको छ । काठमाडौंमा रसुवा पानीको उद्घाटन गर्दै मन्त्री मगरले यसका लागी जस्तोसुकै सहयोग गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ । नेपालको पानी राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा लैजान सक्ने ठुलो सम्भावना रहेको उहाँको धारणा छ ।
नेपालको पानीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुर्याउने कुरा सरकारको निती तथा कार्यक्रममा पनि समावेश गरिएको मगरको भनाई छ ।
नेपालको वास्तविक कच्चा पदार्थ नै पानी भएको उहाँको भनाई छ । नेपालको पानीलाई व्यवसायीकरण गर्न रसुवाको पानीले महत्वपुर्ण भुमिका खेल्ने उहाँले बताउनु भयो ।




