३३ किलो सुन काण्ड : गोल्यान बाहेक अरुको हकमा उच्च अदालतको आदेश सदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

३३ किलो सुन काण्ड : गोल्यान बाहेक अरुको हकमा उच्च अदालतको आदेश सदर

काठमाडाैं, १७ साउन । सर्वोच्च अदालतले ३३ किलो सुनकाण्डमा महावीर गोल्यान बाहेक अरुको हकमा उच्च अदालत विराटनगरले गरेको आदेश सदर गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र शुस्मलता माथेमाको इजलासले शुक्रबार गोल्यानलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

उच्च अदालतले उनलाई पूर्वक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । अरूको हकमा भने उच्च अदालतले दिएको आदेश नै सदर भएको छ । यो आदेशसँगै निलम्बित डीएसपी सञ्जय राउत, पूर्व एसएसपी श्यामबहादुर खत्री, भुजुङ गुरुङ, छिरिङ वाङद्ने घले थुनामा नै रहने भएका छन् ।

उच्च अदालतले सई बालकृष्ण सञ्जललाई साधारण तारेख छाडेको थियो । त्यस्तै विमल पोद्दार र राजेन्द्रकुमार शाक्य १० लाख धरौटीमा छुटेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);