सन्दीप लामिछानेलाई जिल्ला अदालत लगियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सन्दीप लामिछानेलाई जिल्ला अदालत लगियो

काठमाडौं । उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएसँगै आज रिहा हुन लागेका क्रिक्रेटर सन्दीप लामिछानेलाई केन्द्रीय कारागार, सुन्धाराबाट जिल्ला अदालत काठमाडौंमा लगिएको छ । अब उनी अदालतबाट तारेखमा रिहा हुँदैछन् ।

किशोरी बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । सो आदेश अनुसार सन्दीपले उक्त रकम धरौटी राखेर आज निस्कदैछन् । आज दिउँसो साढे २ दूईबजे सम्ममा सन्दीप रिहा हुने जनाइएको छ ।

सन्दीपका कानुन व्यवसायी सरोककृष्ण घिमिरेले राष्ट्रिय टिममा फर्किनसक्ने बताए । सन्दीप थुनामुक्त भएसँगै उनलाई क्यानले स्वतः कप्तान फिर्ता दिनुपर्ने घिमिरेको भनाइ थियो । घिमिरेले आज अदालतले राखेका शर्त सन्दीपलाई जानकारी गराएका छन् । अदालतले लामिछानेलाई धरौटीमा छाड्न ५ वटा सर्त राखेको छ । ती सर्त उलंघन भएको अवस्थामा पुर्पक्षका क्रममा धरौटी माग गर्ने आदेश स्वतः निष्कृय हुने भनिएको छ ।

पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश खारेज गर्दै न्यायाधीश द्धय धु्रवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बिहीबार सन्दीपलाई २० लाख धरौटी माग गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);