सन्दीपविरुद्धको मुुद्दाका सबै कागजात झिकाउन सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सन्दीपविरुद्धको मुुद्दाका सबै कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं, २० माघ । नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध मुद्दामा कैफियत प्रतिवेदन (कागजात) झिकाउन सर्वोच्चले आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयालको आजको इजलासले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात झिकाउन आदेश दिएको हो ।

नाबालिग बलात्कारको मुद्दाको खेपरिहेका सन्दीप गत पुस २८ गते उच्च अदालत पाटनले दिएको आदेश अनुसार २० लाख धरौटीमा रिहा भएका थिए । पुर्पक्षका लागि प्रहरीको हिरासतमा रहेका लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश बदर माग गर्दै महान्यायाधीवक्ता कार्यालयले सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।

लामिछानेलाई थुनामै राखेर मुद्दाको पुुर्पक्ष गर्नुपर्ने कार्यालयको भनाइ छ । उच्च अदालतको आदेशपछि लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले गरेको निलम्बन फुकुवा गरेको छ । क्यानले निलम्बन फकुवा गर्दै राष्ट्रिय टोलीमा समावेश गरेर उनलाई क्रिकेट मैदानमा ल्याउने तयारी गरिरहेको बेला सर्वोच्चले उक्त आदेश दिएको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);