क्यानद्धारा सन्दीप लामिछानेको निलम्बन फुकुवा | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

क्यानद्धारा सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान)ले पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । क्यानको मंगलबार पोखरामा बसेको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

हिजोको क्यानको बैठकमा लामिछानेको निलम्बन फुकुवा मुख्य एजेण्डाको रुपमा थियो । एक किशोरीले बलात्कारको मुद्दा दर्ता गराएसँगै क्यानले गत भदौ २३ गते लामिछानेलाई निलम्बन गरेको थियो । अहिले पनि लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधिन अवस्थामा छ ।

उच्च अदालतले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी उक्त धरौटी रकम बुझाएर थुनामुक्त भएका थिए । यद्यपि, महान्यायाधिवक्ता कार्यालयले भने अदालतको आदेशको बदरको माग गर्दै लामिछानेलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै सर्वोच्चमा निवेदन दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);