भावुक हुँदै सन्दीपले भने– समय सँगै फेरी भेट होला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भावुक हुँदै सन्दीपले भने– समय सँगै फेरी भेट होला

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफ्ना फ्यानहरुलाई भावुक सन्देश दिएका छन् ।

लामिछानेले समाजिक सञ्जाल मार्फत आफ्नो खेल जिवनको सुरुवाती चरणको पुरानो तस्विर पोष्ट गर्दै रोएको ‘इमोजी’ समेत राखेका छन् । साथै, उनले लेखेका छन्– ‘समय संगै फेरी भेट होला ।’

नाबालिग माथि यौन दुव्र्यवहार गरेको आरोप लागेका लामिछाने केहि दिन अघि मात्र २० लाख धरौटीमा थुनामुक्त भएका थिए । उनी थुनामुक्ता भएपछि सरकारी वकिलको कार्यालयले उनलाई थुनामै राख्नुपर्ने भन्दै निवेदन दिएको छ ।

मंगलबार पोखरामा बसेको क्यानको बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । क्यानको यो निर्णयको सर्वत्र विरोध भइरहेको छ । गम्भीर प्रकृतिको मुद्दा खेपिरहेका लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीमा फर्काइनु क्यानको त्रुटि भएको टिप्पणी भइरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);