यूएईमा जारी विश्वकप लिग–२ मा सन्दीप पनि खेल्न पाउने, आजै यूएई जाने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

यूएईमा जारी विश्वकप लिग–२ मा सन्दीप पनि खेल्न पाउने, आजै यूएई जाने तयारी

काठमाडौं । सन्दीप लामिछाने यूएईमा जारी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा खेल्न पाउने भएका छन् ।

जारी शृंखलामा घाइते भएका श्याम ढकालको ठाँउमा सन्दीपलाई राख्न नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) सँग अनुमति मागेको थियो । क्यानको उक्त अनुमतिलाई आइसिसिले स्विकृत गरेको छ । यो सँगै सन्दीप अब यूएई जाने पक्का भएको छ ।

सन्दीप आजै यूएई जाने तयारीमा रहेको क्यानले जनाएको छ । जिल्ला अदालतले विदेश जान रोक लगाएका सन्दीपलाई सोमबार सर्वोच्च अदालतले प्रतिबन्ध फुकुवा गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);