सन्दीपलाई युएई पठाउन क्यानले थाल्यो प्रक्रिया | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सन्दीपलाई युएई पठाउन क्यानले थाल्यो प्रक्रिया

काठमाडौं, १६ फागुन । क्रिकेटर सन्दीप लामिछानेमाथि विदेश भ्रमणको प्रतिबन्ध फुकुवा भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई यूएई पठाउने प्रक्रिया थालेको छ । क्यानले सन्दीपलाई नेपाली टिममा थप्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग अनुमति मागेको हो ।

कुनै देशले आफ्नो स्क्वाडमा परिवर्तन गर्नु परेमा प्रतियोगिताका क्रममा आईसीसीसँग अनुमति लिनुपर्ने नियम छ । नेपालको १५ सदस्यीय टिम शनिवार यूएई पुुगेर हिजो पहिलो खेल खेलिसकेको छ । सन्दीप गए भने बाँकी तीन खेल खेल्न सक्नेछन् । क्यानले कुन खेलाडीको स्थानमा सन्दीपलाई राख्ने भन्ने निधो भने गरिसकेको छैन् ।

सन्दीपलाई सर्वोच्चले विदेश भ्रमणमा रोक लागेकाले उनलाई टिममा राखेको थिएन । हिजो सर्वोच्च अदालतले प्रतिबन्ध फुकुवा गरेसँगै उनलाई पठाउन खोजेको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);