नेपालले एकदिवसीय एसीसी प्रिमियर कप आयोजना गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालले एकदिवसीय एसीसी प्रिमियर कप आयोजना गर्ने

काठमाडौं, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपालमै पहिलोपटक एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । मंगलबार पोखरामा बसेको क्यानको बैठकले प्रिमियर कप आयोजना गर्ने निर्णय गरेको हो ।

एसियन क्रिक्रेट काउन्सिल (एसिसी)ले नेपाललाई प्रतियोगिताको आयोजना गर्न गरेको प्रस्ताव पारित गर्दै अप्रिलमा प्रतियोगिता आयोजना गर्ने क्यानले निर्णय गरेको हो । यो नेपालमा पहिलो पटक हुन लागेको एसीसी प्रिमियर कप एसिया कप तथा इमर्जिङ टिम्स एसिया कपको छनोट खेल हो ।

एकदिवसीय फम्र्याटमा आयोजना हुने प्रिमियर कपमा पहिलो हुने टोलीले एसियाका टेस्ट टिमहरु सम्मिलित एसिया कप खेल्न पाउनेछन् । कपमा नेपालसहित कुवेत, हङकङ, सिंगापुर, मलेसिया कतार र युएईबाट आउने दुई टोलीको सहभागिता रहनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);