क्यानका कार्यवाहक सचिव मल्लले दिए राजिनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

क्यानका कार्यवाहक सचिव मल्लले दिए राजिनामा

काठमाडौं, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । प्रशान्तले लिगमा विभिन्न विवादका कारण आलोचनापछि मंगलबार पोखरामा भएको बोर्ड बैठकमा राजीनामा दिएका हुन् ।

उनी नेपाल टी–ट्वान्टी लिगको गर्भनिङ काउन्सिका अध्यक्ष समेत हुन् । गतवर्ष तत्कालिन सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि मल्ललाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको थियो ।

स्पट फिक्सिङको आरोपमा सीआईबीले विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);