नेपाल टी २० को लागि गभर्निङ काउन्सिल गठन | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८३, शनिबार

नेपाल टी २० को लागि गभर्निङ काउन्सिल गठन

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो आधिकारिक क्रिकेट लिग नेपाल टी २० को लागि गभर्निङ काउन्सिलको घोषणा गरेको छ।

काउन्सिलमा क्यानले इन्डियन क्रिकेटर्स एसोसिएसनका अध्यक्ष अशोक मल्होत्रालाई मानार्थ सदस्य बनाएको छ।मल्होत्रा भारतीय क्रिकेट टिमका पूर्व प्रशिक्षक हुन् । क्यानले मल्होत्राको आगमनले प्रतियोगितालाई उत्कृष्ट स्तरमा चलाउन सकिने विश्वास व्यक्त गरेको छ।क्यानले घोषणा गरेको काउन्सिलमा निर्देशक– कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, कार्यकारी सदस्य दुर्गाराज पाठक, मिडिया कमिटी सदस्य भानुभक्त सिग्देल र प्रतियोगिताको व्यावसायिक तथा रणनीतिक साझेदार सेभेनथ्रीस्पोर्टसका संस्थापक तथा प्रबन्ध निर्देशक जतिन अहलुवालिया छन्। नेपाल टी २० का लागि क्यानले यसअघि नै ६ टिमको नाम टुङ्गो लगाइसकेको छ।

असोज आठ गतेदेखि कार्तिक पाँच गतेसम्म हुने प्रतियोगिताको लागि क्यानले टिमको लागि ६ नाम विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न राखेको छ।

Leave a Reply

ताजा समाचार