खुला तेक्वान्दो भोलिदेखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

खुला तेक्वान्दो भोलिदेखि

काठमाडौं। कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगिता शनिबारदेखि हुने भएको छ। प्रतियोगितामा विभिन्न २२ जिल्लाका ४५० बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजकसमेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन्।

ग्योरोगीमा २४ र पुम्सेमा ६ गरी जम्मा ३० स्पर्धामा प्रतिस्पर्धा हुनेछ। ग्योरोगीको पुरुषमा १३ तथा महिलामा ११ गरी जम्मा २४ स्पर्धा छन् । पुम्सेमा विभिन्न उमेरसमूहमा पुरुष÷महिलामा ३-३ गरी ६ एकल स्पर्धा समावेश छन्।काठमाडौं महानगरपालिकाको सहयोगमा हुन लागेको प्रतियोगितामा टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । ग्योरोगी र पुम्सेमा उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही पाँच हजार नगद पुरस्कार दिइनेछ । दुई दिने प्रतियोगिताका खेलहरु पेप्सीकोलास्थित आयोजक डोजाङको आफ्नै हलमा खेलाइनेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);