नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से च्याम्पियनसिप माघ दोस्रो साता हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से च्याम्पियनसिप माघ दोस्रो साता हुने

काठमाडौं, १ माघ । नेपाल ओपन अन्तराष्ट्रिय भर्चुअल पुम्से हाई स्पिड किक तेक्वान्दो च्याम्पियनसिप माघ दोस्रो साता काठमाडौंमा हुने भएको छ ।

कोटेश्वर तेक्वान्दो डोजाङ्ग, स्युचाटार तेक्वान्दो डोजाङ्ग, मूलपानी तेक्वान्दो डोजाङ्ग, बाल गिताञ्जली स्कुल, मर्निङ्ग ग्लोरी र काभ्रेस्थली तेक्वान्दो डोजाङ्गको संयुक्त आयोजनामा हुन लागेको यो प्रतियोगितामा विश्वका २९ देशबाट १ हजार ३ सयभन्दा धेरै खेलाडी सहभागी हुने प्रतियोगिताका संयोजक एवं तेक्वान्दो मुख्य प्रशिक्षक नविन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

हाई स्पिड किक च्याम्पियनसिप प्रतियोगिता नेपालमै पहिलो पटक हुन लागेको हो । कोरोना भाइरसको महामारीका कारण घरैमा बस्न बाध्य भएका खेलाडीलाई लक्षित गरेर प्रतियोगिता भर्चुअल रुपमा गर्न लागिएको हो ।

प्रतियोगितामा पुम्सेतर्फ ६० र हाई स्पिड किकमा ३० गरी जम्मा ९० इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिए । तेक्वान्दोको पुम्सेमा पुरुष महिलाको किड्समा ५-५, पिवीमा ५-५, सब जुनियरमा ५-५, क्याडेटमा ५-५, सिनियरमा १-१, यु–४० मा १-१, यु–५० मा १-१ र ६० वर्षमाथिमा १-१ गरी जम्मा ६० विधामा स्पर्धा हुनेछ ।

तीन देशका विभिन्न हिंसा पीडित तथा शरणार्थी खेलाडीलाई निःशुल्क प्रवेश गराइने आयोजकले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);