तेक्वान्दो पुम्से शनिबारदेखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

तेक्वान्दो पुम्से शनिबारदेखि

काठमाडौं। प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ।नेपाल तेक्वान्दो संघको आयोजनामा दुई दिनसम्म चल्ने प्रतियोगितामा ७० स्वर्ण पदकको लागि पुरुष र महिलातर्फ सात गरी कुल १४ विधामा प्रतिस्पर्धा हुनेछ।पहिलो पटक राष्ट्रिय स्तरमा हुन लागेको पुम्से विधाको प्रतियोगितामा विजयी हुने र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूको अभिलेख राखेर वरीयता निकाल्ने संघले जानकारी दिएको छ।

पछिल्लो समयमा प्राप्त सफलतालाई अझ उत्कृष्ट पार्ने उद्देश्यसहित यसै प्रतियोगितामा छनोट भएका उत्कृष्ट खेलाडीहरूलाई समेटेर राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्ने संघले बताएको छ। संघले आगामी दक्षिण एसियाली खेलकुद (साग), एसियाली प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रशिक्षण सुरु गरेको हो। त्यसका लागि संघले उपाध्यक्ष भानबहादुर चन्दको अध्यक्षतामा सात सदस्यीय प्रतियोगिता आयोजक समिति पनि गठन गरिसकेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);