भर्चुअल तेक्वान्दो प्रतियोगितामा आयुशलाई स्वर्ण पदक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

भर्चुअल तेक्वान्दो प्रतियोगितामा आयुशलाई स्वर्ण पदक

काठमाडौं, २३ कार्तिक । नेप्लिज तेक्वान्दो एकेडेमी एनटीएका आयुश ढुंगेलले प्रथम अनलाइन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । आयुशले यु–१४ पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् ।

ब्राजिल तेक्वान्दो महासंघले आयोजना गरेको प्रतियोगितामा आयुशले खेलेको स्पर्धामा विभिन्न राष्ट्रका ३८ खेलाडी सहभागि थिए । यो स्पर्धामा ब्राजिल दोश्रो तथा युरोग्वे र अर्जेन्टिना तेश्रो भए । कोरोना भाइरसको अवधिमा भएका विभिन्न घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आयुशले जितेको यो छैटौं पदक हो ।

यसअघि आयुशले अमेरिकामा भएको प्रतियोगितामा रजत तथा मलेसिया र थाइल्यान्डमा भएका प्रतियोगितामा स्वर्ण जितेका थिए । घरेलु प्रतियोगिताअन्तर्गत कागेश्वरी र काठमाडौं भर्चुअल प्रतियोगितामा स्वर्ण हात पारेका थिए ।

प्रतियोगितामा आयुशसहित नेपालका सुदेशना गुरुङ, प्रगति कुइकेल र शान्ति राई पनि सहभागी छन् । बाँकीको खेलको नतिजा सोमबार आउने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);