रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल समेत गरिएन | ईमाउण्टेन समाचार

Our Network

भदौ ५ २०८३, शनिबार

रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल समेत गरिएन

काठमाडौँ ।

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा मंगलवार उपसभापति डा. स्वर्णिम वाग्लले प्रश्तुत गर्नुभएको अर्थ–राजनीतिक प्रश्तावप्रति प्रतिनिधिहरुले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
उपसभापति वाग्लेले प्रश्तुत गरेको पार्टीको अर्थराजनीतिक प्रश्तावमाथि प्रतिनिधिहरुबीच समूहगत छलफल समेत नगराइएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । महाधिवेशन प्रतिनिधि जनकराज जोशीले बन्दसत्रमा प्रश्तुत अर्थ–राजनीतिक दस्तावेजमाथि पर्याप्त छलफल नभएको बताउनु भयो । उहाँले संघीय शासन प्रणालीमाथि नै प्रश्न उठाउने खालको प्रश्ताव आएको भन्दै केही प्रदेशका नागरिकले त्यसलाई स्वीकार गर्न नसकिने समेत बताउनु भयो । उहाँले उक्त अर्थराजनीतिक प्रश्तावले मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकको हितविपरित रहेको आरोप पनि लगाउनु भयो ।

प्रतिनिधिहरुको संख्या अपेक्षाभन्दा बढी भएकाले महाधिवेशनको प्रक्रिया अगाडि बढ्न नसकेको महाधिवेशन प्रतिनिधि धर्मराज ताम्राकारले बताउनु भयो । उहाँले महाधिवेशनको कार्यतालिका व्यवस्थापनमा पार्टी नेतृत्व चुकेको कारण महाधिवेशन प्रतिनिधिलाई समेत गाह्रो हुने अवस्था आएको बताउनभयो ।महाधिवेशन प्रतिनिधि दयाराम अधिकारीले पार्टीले छोटो समयमा लिएको संगठनात्मक स्वरुपजस्तो महाधिवेशन प्रभावकारी रुपमा अघि बढ्न नसकेको बताउनु भयो । उहाँले पदाधिकारीमा सहमतिको प्रयास भइरहेकाले निर्वाचन प्रक्रिया लम्बिएको हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।महाधिवेशन प्रतिनिधि प्रेमा थारुले महाधिवेशन समयमै सम्पन्न हुन नसकेको र प्रतिनिधि तथा उम्मेदवारको अन्तिम सूचीसमेत सार्वजनिक नभएको भन्दै व्यवस्थापन पक्ष कमजोर देखिएको बताउनु भयो । उहाँले समयमै निर्वाचन प्रक्रिया शुरु हुन नसकेको विषयमा पार्टी नेतृत्व गम्भीर बन्नुपर्ने बताउनु भयो । महाधिवेशनस्थलमा भेटिएका अधिकांश महाधिवेशन प्रतिनिधिहरुले महाधिवेशनको निर्वाचन प्रक्रिया तत्काल शुरु गर्नुपर्ने धारणा राखेका छन् । केहीले महाधिवेशनको बन्दसत्रमा प्रश्तुत प्रश्तावमाथि गम्भीर प्रश्न समेत गरे ।

Leave a Reply