संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८३, सोमबार

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।

संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । बिहान १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा आ.व. २०८३÷०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुने, अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले, विनियोजन विधेयक, २०८३ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, विनियोजन विधेयक, २०८३ प्रश्तुत गर्नुहुने , राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रश्तुत गर्नुहुने, नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ । त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरुको बेहोरा जानकारी गराउनुहुने, अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनुहुने, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३÷०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

Leave a Reply